नवलपरासी — नेकपा अध्यक्ष पुष्पकमल दाहाल समूहबाट अर्का अध्यक्ष केपी ओली समूहमा लागेका उर्जा मन्त्री टोपबहादुर रायमाझीले दाहालले पहिले नै पार्टी फुटाउन खोजेको बताएका छन् । कावासोतीमा आइतबार आयोजित अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै रायमाझीले दाहालले जुन पार्टीमा गयो त्यसैलाई विघटन गराउने प्रवृत्ति रहेको भन्दै उनले पार्टी एकता भएदेखि नै फुटाउने प्रयास गरेको बताए ।
‘तर, प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा आफ्नै माओवादीभित्र फुट आएको मेसो पाउनु भएन,’ उनले भने । उनले दाहालको राजनीतिमा परिवारवाद हावी भएको पनि बताए ।
‘गद्दारहरु होसियार’ लेखिएको बेलुन उडाइयो
पूर्व–पश्चिम राजमार्गका मुख्य बजारमा ‘गद्दारहरु होसियार’ लेखिएको ब्यानर बेलुनमा बाँधेर अकाशमा उडाएइको थियो ।साभार: कान्तिपुर