काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ नहुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासमा रहेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मा राखिएको छ । संसद विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहँदा संवैधानिक इजलास र कानुन व्यवसायी बारे दिएको अभिव्यक्ति लाई लिएर प्रधानमन्त्री विरुद्ध अदालतको अवहेलनाका २ मुद्दा परेका थिए । प्रधानमन्त्री विरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले अदालतको अवहेलना मुद्दा दायर गर्नुभएको थियो । यसअघि उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री लाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
उक्त आदेश अनुसार प्रधानमन्त्री ओलीले लिखित जवाफ पनि पेश गरिसक्नु भएको छ