रंजीत शर्मा/ नवलपरासी/ १४ फाल्गुन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाद्वारा गर्भवती महिलालाई ३ हजार ८ सय प्रोत्साहन स्वरूप सुत्केरी पोषण खर्च प्रदान गर्दै आएको छ । प्रतापपुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीका अनुसार ४ पटक गर्भ जाँच गराई तोकिएको प्रसुती केन्द्रमा सुत्केरी भएमा प्रोत्साहन भत्ता स्वरूप रू.८०० र यातायात भत्ता स्वरूप रु १००० गरी कुल रु. १८०० विगत ४ वर्ष देखि प्रदान गर्दै आएको बताउनु भएको छ। त्यसै कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीका अनुसार सुरक्षित मातृत्व: हामी सबैको दायित्व भन्ने मूल नाराका साथ उपाध्यक्ष सुत्केरी भेट कार्यक्रम अन्तर्गत ४ पटक गर्भ जाँच गराई तोकिएको प्रतापपुर गाउँपालिका भित्रको प्रस्तुती केन्द्रमा सुत्केरी भएमा प्रोत्साहन स्वरूप सुत्केरी पोषण खर्च रू. २००० सम्वन्धित बार्थिङ सेन्टरबाट प्राप्त गर्न सकिने बताउनु भएको छ। यसरी केन्द्रको १८०० र पालिकाको २००० गरी ३८०० विगत ४ वर्ष देखि प्रदान गर्दै आएको बताउनु भयो । त्यसतै प्रतापपुर गाउँपालिकाका गर्भवती महिलालाई बर्थिङ सेन्टर सम्म पुर्याउन गाउँपालिकाद्वारा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन समेत रहेका गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो।
प्रतापपुर गाउँपालिकाद्वारा गर्भवती महिलालाई सुत्केरी पोषण खर्च प्रदान
12