कावासोती ,माघ ४ । नवलपुरको गैडाकोटमा दुर्घटना हुदा दुई जना घाइते भएका छन।आज दिउँसो करिब ३:३० बजेको समयमा गैंडाकोट नगरपालिका वडा नं. ५ चाँदनी चोक स्थित भित्री पक्की सडकखण्डमा डण्डाबाट चितवन तर्फ आउदै गरेको बा १५ च ९१४ नं. को स्कारपियोले थुम्सी तर्फ जाँदै गरेको ना ३२ प ४३८६ नं. को स्कुटरलाई ठक्कर दिदा दुर्घटना भएको हो ।
घटनाको जानकारी प्राप्त हुन साथ घटनास्थलमा प्रहरी टोलि खटिई घाइतेहरुलाइ उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएको छ भने सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी जेशी साहले जानकारी दिएका छन।दुर्घटनामा परि स्कारपियोमा सवार मध्यविन्दु १२ बस्ने प्रीति ग्रन्जा गम्भिर घाइते भएको र स्कुटी चालक गैंडाकोट ७ गैह्री बस्ने बर्ष २० को सुनिल परियार सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।